तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ३१ बजे

राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन, सिट व्यवस्थापन अन्योलमा

काठमाडौं – संघीय संसदअन्तर्गत राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन बनेको छ। राष्ट्रिय

बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै

काठमाडौँ – सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य

धम्कीको भाषामा ट्रम्पले भने : इरानसँग युद्ध जितिसक्यौँ, अब पनि नमाने ढुंगे युगमा पुर्‍याइदिन्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि