निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो « Khabarhub

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकोमा एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन् । माघ १ गतेसम्म निवेदन दिने समय रहेकोमा कम निवेदन परेपछि आजसम्मका लागि अन्तिम समय तोकिएको छ ।

उनले भने, ‘माग गरेबमोजिम कमको निवेदन परेपछि जिल्ला निर्वाचन समितिको निर्णयअनुसार अवधि बढाइएको छ ।’

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने प्रनाउ विकले बताए ।

उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।

महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने सर्त राखिएको छ । (रासस)

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५७ बजे

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई