रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति  « Khabarhub

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष क्षितिज थेबेले सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिएका छन् । उनले सरकारलाई सो निर्णय फिर्ता लिन कडा चेतावनी समेत दिएका छन् ।

सङ्घका प्रवक्ता निरोज पौडेलका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ ले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ ।

सङ्घले यस प्रकरणमा नागरिक समाज र हिजो यही विषयमा चर्को आवाज उठाउने चर्चित व्यक्तिहरूको मौनताप्रति समेत प्रश्न उठाएको छ। 

यसै सन्दर्भमा राष्ट्रिय युवा सङ्घ नेपालले आज दिउँसो ३ बजे काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ४२ बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा