रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति  « Khabarhub

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष क्षितिज थेबेले सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिएका छन् । उनले सरकारलाई सो निर्णय फिर्ता लिन कडा चेतावनी समेत दिएका छन् ।

सङ्घका प्रवक्ता निरोज पौडेलका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ ले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ ।

सङ्घले यस प्रकरणमा नागरिक समाज र हिजो यही विषयमा चर्को आवाज उठाउने चर्चित व्यक्तिहरूको मौनताप्रति समेत प्रश्न उठाएको छ। 

यसै सन्दर्भमा राष्ट्रिय युवा सङ्घ नेपालले आज दिउँसो ३ बजे काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ४२ बजे

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई