कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने  « Khabarhub

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ।

उक्त समुहको शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

‘निर्वाचन आयोगले हामीलाई बोलाउँदै नबोलाई, कुरै नसुनी कांग्रेसबारे निर्णय दिएको छ’, उनले भने, ‘उक्त अन्यायपूर्ण निर्णयका आधारमा हामीले कसैलाई सभापति स्वीकार्न सक्दैनौँ । हाम्रा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुनुहुन्छ । हामी नै कांग्रेसको आधिकारिक पक्ष हौँ।’

उनले निर्वाचन आयोगको निर्णयको राजनीतिक प्रतिवादसँगै आइतबार सर्वोच्च अदालत जाने पनि बताएका छन् । ‘हामी राजनीतिक प्रतिवादमा जान्छौँ  अर्कोतिर आइतबार नै सर्वोच्चमा रिट हाल्छौँ। यो अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्चले ‘स्टे अर्डर’ दिने विश्वास हामीलाई छ।’

गत पुस २७ देखि गत माघ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन अयोगले शुक्रबार अधिकारिकता दिएपछि  देउवा पक्ष बिलखबन्दमा परेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १२ : २४ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।