कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने  « Khabarhub

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ।

उक्त समुहको शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

‘निर्वाचन आयोगले हामीलाई बोलाउँदै नबोलाई, कुरै नसुनी कांग्रेसबारे निर्णय दिएको छ’, उनले भने, ‘उक्त अन्यायपूर्ण निर्णयका आधारमा हामीले कसैलाई सभापति स्वीकार्न सक्दैनौँ । हाम्रा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुनुहुन्छ । हामी नै कांग्रेसको आधिकारिक पक्ष हौँ।’

उनले निर्वाचन आयोगको निर्णयको राजनीतिक प्रतिवादसँगै आइतबार सर्वोच्च अदालत जाने पनि बताएका छन् । ‘हामी राजनीतिक प्रतिवादमा जान्छौँ  अर्कोतिर आइतबार नै सर्वोच्चमा रिट हाल्छौँ। यो अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्चले ‘स्टे अर्डर’ दिने विश्वास हामीलाई छ।’

गत पुस २७ देखि गत माघ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन अयोगले शुक्रबार अधिकारिकता दिएपछि  देउवा पक्ष बिलखबन्दमा परेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १२ : २४ बजे

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा