शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा « Khabarhub

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावकीय भूमिकाको अपेक्षा राखेको बताएका छन्।

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताए ।

पार्टीको दोस्रो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने प्रक्रिया टुंगिएको उल्लेख गर्दै सभापति थापाले विधानसम्मतताबारे उठेका प्रश्नलाई स्वाभाविक रूपमा लिएको स्पष्ट पारे।

‘केही साथीहरूले आफ्नो विचार लिएर निर्वाचन आयोग जाने प्रक्रिया अपनाउनुभयो, यसलाई मैले स्वाभाविक रूपमा लिएको छु। हामी पनि निर्वाचन आयोग गएका थियौँ,’ उनले भने।

थापाले निर्वाचन आयोगले यस विषयमा निर्णय गरिसकेको र सो निर्णयलाई सबैले स्वीकार गरेर एक ठाउँमा बसेर पार्टी अगािड बढाउने बताए ।

‘पार्टी स्थापना कालदेखि अंगीकार गरिएका मूल्य र मान्यतालाई अझ उज्यालो बनाउँदै नयाँ युगको चेतनासँग जोडिएको कांग्रेस निर्माण गर्न चाहन्छौँ,’ उनले भने।

उनले यो लक्ष्य हासिल गर्न पुराना नेताहरूले नयाँ नेतृत्वसँगै हातेमालो गर्नुपर्ने र नयाँ साथीहरूलाई पनि समेट्नुपर्नेमा जोड दिए। साथै समयको ठूलो दबाब रहेको उल्लेख गर्दै उनले आगामी दुई दिनभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताए।

सभापति थापाले पार्टीका सबै नेता कार्यकर्तालाई एक ठाउँमा जुट्न आग्रह गर्दै भने ‘एक–दुई दिनभित्रै नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नेछ। ‘हामी विभिन्न तहमा पार्टीका साथीहरूसँग निरन्तर कुराकानी गरिरहेका छौँ’ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : १० बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।