सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस « Khabarhub

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् । 

विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए ।

गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो । पन्ध्र दिन अवधि भएकाले केही संस्थाले आवेदन दिन बाँकी नै छ ।

विभागले मङ्सिर ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने सङ्घसंस्थाहरूसँग प्रस्ताव माग गरेको थियो । नौ वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको यस क्षेत्रको सहयोगका लागि रु २० लाख छ । 

गत पुस १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने सङ्घसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो । यसमा २० लाख सहयोग रहेको छ । सहयोग प्राप्त गर्न ६ वटा सङ्घसंस्थाको प्रस्ताव परेको छ । २० लाख लैङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीवीटीक्युआइ) का लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो । यस क्षेत्रमा काम गर्न आठ वटा सङ्घसंस्थाको प्रस्ताव परेको निरौलाले जानकारी दिए ।
 
गत पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने सङ्घसंस्थासँग प्रस्ताव माग गरिएको थियो । ३० लाख बजेट विनियोजन भएको क्षेत्रमा काम गर्न १० वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको छ ।

विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले बेहोर्ने गरी प्रस्ताव पेस भएको हो । यसमा कम सहयोग प्रस्ताव गर्नेले तीन लाख ५० हजार र धेरै सहयोग प्रस्ताव पेस गर्नेले ८१ लाखको आवेदन परेको छ । 

प्रस्ताव पेस गर्नेहरूबाट गरिने प्रस्तुतीकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति, आवश्यकतालगायत सूचकका आधारमा अ‌क प्रदान गरेर सहयोग रकम प्रदानसम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाले जानकारी दिए । 
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : २४ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।