संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकून् भनी आग्रह गरेका छन् । मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो ।
मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पिडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ। कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन् ।
यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थलहरू पनि मर्मत गरिएको छ । जाडो मौसमका कारण आश्रय गुमाएका परिवारहरूलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौं कम्बल, तातो कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ ।
यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ । यसमा क्षतिग्रस्त घरहरूको मर्मत र आपतकालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ ।













प्रतिक्रिया