काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन « Khabarhub

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ।

लामो समयदेखि पक्षघातका कारण घरमै उपचाररत सिंहको हृदयघातका कारण निधन भएको हो। उनको पार्थिव शरीरको आज टेकुस्थित जम्बुदिपमा अन्त्येष्‍टि गरिएको छ।

वि.सं.२००२ साल श्रावणमा जन्मिएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (हालको वडा नं. २२)बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस समय काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा रहेका थिए र वडाध्यक्षहरूमध्येबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था थियो।

वडा नं.२२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार यही प्रणालीअनुसार सिंह २०३० सालदेखि दुई वर्षका लागि काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च चयन भएका थिए ।

 ‘त्यसबेला वडाबाट निर्वाचित अध्यक्षहरूकै बीचबाट प्रधानपञ्च चुन्ने व्यवस्था थियो,’ महर्जनले जानकारी दिए । सिंहका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : १८ बजे

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट