‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’ « Khabarhub

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकून् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो।

मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पीडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ। 

कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन् । यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थलहरू पनि मर्मत गरिएको छ।

जाडो मौसमका कारण आश्रय गुमाएका परिवारहरूलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौं कम्बल, गर्म कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ।

यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ। यसमा क्षतिग्रस्त घरहरूको मर्मत र आपतकालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ।
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ३४ बजे

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको