‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’ « Khabarhub

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान, कानून र पार्टी विधानअनुसार वैध भएको पुष्टि गर्दै यसलाई कसैको जीत–हार नभई लोकतन्त्र र विधानको विजयको रूपमा व्याख्या गरेको छ।

शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले फागुन २१ मा हुने निर्वाचनमा देश–विदेशका सबै तहका कांग्रेसजन, भातृ संगठन र शुभेच्छुक संस्थालाई पूर्ण एकताका साथ सहभागिता जनाउन आह्वान गरेको छ। बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय भएका वा पार्टी छाडेका सदस्यहरूलाई पनि पुनः पार्टीमा फर्किन आग्रह गरेको छ।

केन्द्रीय कार्यसमितिले निवर्तमान सभापति शेरबहादुर देउवा र अन्य अग्रज नेताहरूको दीर्घकालीन योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेको छ। बैठकले आगामी दिनमा कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट निर्णय पनि गरेको छ।

पार्टीले मूल्य र सिद्धान्तमा अडिग रहन, संविधानको रक्षा गर्न र समृद्ध नेपालको नेतृत्व गर्न प्रतिबद्धता दोहोर्‍याएको छ। नवयुवाको आकांक्षा र जनअपेक्षालाई पूरा गर्ने लक्ष्य पनि बैठकले दोहोर्‍याएको छ।

केन्द्रीय कार्यसमितिले यसलाई पार्टीको नयाँ अध्याय, रूपान्तरण, एकता र विजयको सुरुवात भन्दै समुन्नत नेपाल निर्माणको अभियानमा सहभागी हुन सबैमा आह्वान गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : १६ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।