संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड « Khabarhub

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् । 
    
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए। 

उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेको भूमिकाको सराहना गरे । साथै उनले सम्पादक समाज नेपाली  समाजलाई उन्नतिको मार्गमा रूपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए। 

फरक प्रसङ्गमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गरे । 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : ३५ बजे

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।