काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै « Khabarhub

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । 

गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती सुरु गरेका छन् । 

मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उनले बताए। त्यससँँगै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ । यसरी खेती गर्दा चाँडो फल लाग्ने र त्यो गुणस्तरीय हुने उनले बताए।

महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानहरूले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी पनि गुणस्तरको हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाले कफी उत्पादन र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारतिर ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए। 

गाउँपालिकाको तीन हजार २०० रोपनीमा कफीको व्यावसायिक कफीखेती विस्तार भइरहेको छ । विसं २०७८ सालदेखि यहाँका कफी किसान, कृषि सहकारी र समूहलाई गरेर तीन लाख ३१ हजार भन्दा बढी बिरुवा वितरण गरिसकेको महाभारत गाउँपालिकाले जनाएको छ । पालिकाबाट बोट वितरणका लागि ७८ हजार बोट उत्पादन भएका छन् । 

गाउँपालिकाले किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट २० का दरले अनुदान दिने व्यवस्था गर्दै आएको छ । 

सबैजसो किसान कफी खेतीतर्फ आकर्षित हुन थालेपछि पालिकाले अनुदानमा कफीको बोट वितरण र आवश्यक उपकरण वितरण गर्नाका साथै अनुदानमा प्रशोधन उपकरण वितरणलाई पनि जोड दिँदै आएको छ ।
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : ४४ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०