चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै « Khabarhub

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। यो परीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकासकर्ताले जनाएको छ।

उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीको कार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ।

चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च–१२बी’ नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट हो। यो रकेट विशेष गरी व्यावसायिक न्यून–पृथ्वी कक्ष (लो अर्थ अर्बिट) का उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो।

यस रकेटमा पृथ्वीनजिकको कक्षमा २० टनसम्म पेलोड बोक्ने क्षमता रहेको छ। कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ, जसले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : ५५ बजे

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार