प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । 

प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिए। अतिसंवेदनशील मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी सङ्ख्यामा परिचालन गरिने उनले बताए। 

प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेकामा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशीलमा रहेका प्रहरीले जनाएको छ । 

सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसका लागि प्रदेशभरि १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६ हजार १९३ महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवेदन परे पनि बाँकी पाँच जिल्लामा आवश्यकताभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । कार्यालय प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएकासमेत गरेर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : २९ बजे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा