नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट « Khabarhub

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नं. १ को टिकट युवा नेता अशेष घिमिरेलाई दिएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा इञ्जिनियरसमेत रहेका घिमिरेलाई टिकट प्रदान गरेका हुन् ।

हाल नेकपा केन्द्रीय सदस्यसमेत रहेका घिमिरे झापाको मेचीनगर–१० धुलावारी निवासी हुन् । नेकपा एमालेको विद्यार्थी फाँटबाट राजनीति थालेका ४२ वर्षीय घिमिरे तत्कालीन नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पनि थिए ।

झापा–१ मा यसअघि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा २०७९ को निर्वाचनमा नेकपा एमालेका अग्नि खरेललई हराएका थिए ।

उनले यसपटक चुनावमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन् । तर कांग्रेसको बदलिँदो परिस्थितिमा थप निर्णय लिन बाँकी छ। उनले नउठ्न भनेपछि कांग्रेसले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पाँचजनाको नाम सिफारिस गरेको छ।

एमालेबाट नगर अध्यक्ष राजु कार्कीसहितका नाम केन्द्रमा पुगेका छन् । एमालेले पनि शनिबार नै उम्मेद्वार तय गर्दैछ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले युवा नेता केवलराम राई उम्मेद्वार बनाएको छ। झापा १ मा यस पटक युवा नेताहरूको भिडन्त हुने देखिएको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ५१ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध