सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो « Khabarhub

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ ।

कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेकोे पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिए । उनका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ ।

यस्तै, कञ्चनपुर निर्वाचन–१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा डा भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुङ्गो लागेको पनि बुढाले बताए ।

यसैगरी, डोटीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुङ्गो लागेको उनले जानकारी दिए ।

कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुङ्गो लाग्ने नेता बुढाले बताए । उनले भने, “कैलाली क्षेत्र नं २ मा नन्दबहादुर साउद र क्षेत्र नं ५ मा प्रेमबहादुर आलेले टिकट पाउने सम्भावना छ ।”

उम्मेदवारका आकाङ्क्षी केन्द्रमा सिफारिस गरिसकेका नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलले भने अझै दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ५४ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई