प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न « Khabarhub

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

उर्लाबारी र आसपासका क्षेत्रका संगीतप्रेमी, शुभचिन्तक तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा गायक डम्बर नेपाली, सृष्टि हिङमाङ सहित बिहानी कला केन्द्रका कलाकारहरूको सहभागिता रहेको थियो। सहभागी कलाकार तथा उपस्थित व्यक्तिहरूले प्रशान्त तामाङले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगेको बताएका थिए।

कार्यक्रमका क्रममा दिवंगत गायक प्रशान्त तामाङका चर्चित गीतहरू ‘असारे महिनामा’ र ‘बिछोडको करौतिले’ उपस्थित सबैले भावुक हुँदै एकसाथ गुनगुनाएका थिए। गीतसँगै धेरै सहभागीहरू भावनामा बग्दै आँसु रोक्न नसकेको दृश्य देखिन्थ्यो, जसले सम्पूर्ण वातावरणलाई अझ शोकमय बनाएको थियो।

कार्यक्रमभरि शोक र श्रद्धाले भरिएको वातावरण रहेको थियो। आयोजकले दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दिवंगत प्रशान्त तामाङको स्वर र संगीत सधैं नेपाली संगीतप्रेमीहरूको मनमा अमर रहने विश्वास आयोजकहरूको भनाइ छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ३५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी