प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न « Khabarhub

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

उर्लाबारी र आसपासका क्षेत्रका संगीतप्रेमी, शुभचिन्तक तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा गायक डम्बर नेपाली, सृष्टि हिङमाङ सहित बिहानी कला केन्द्रका कलाकारहरूको सहभागिता रहेको थियो। सहभागी कलाकार तथा उपस्थित व्यक्तिहरूले प्रशान्त तामाङले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगेको बताएका थिए।

कार्यक्रमका क्रममा दिवंगत गायक प्रशान्त तामाङका चर्चित गीतहरू ‘असारे महिनामा’ र ‘बिछोडको करौतिले’ उपस्थित सबैले भावुक हुँदै एकसाथ गुनगुनाएका थिए। गीतसँगै धेरै सहभागीहरू भावनामा बग्दै आँसु रोक्न नसकेको दृश्य देखिन्थ्यो, जसले सम्पूर्ण वातावरणलाई अझ शोकमय बनाएको थियो।

कार्यक्रमभरि शोक र श्रद्धाले भरिएको वातावरण रहेको थियो। आयोजकले दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दिवंगत प्रशान्त तामाङको स्वर र संगीत सधैं नेपाली संगीतप्रेमीहरूको मनमा अमर रहने विश्वास आयोजकहरूको भनाइ छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ३५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना