आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।  

वृष : दिन सामान्य सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमा रोजगारीको विकल्प देखिनेछन् ।

मिथुन : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ । पठनपाठनमा मन जानेछ । घरको वातावरण शान्त बन्नेछ ।

कर्कट : दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । रोगले सताउने जोखिम छ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : खर्च बढ्नेछ । असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ । विदेशको मोह त्यागेर स्वदेशमा मिहिनेत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : स्वास्थ्यले साथ दिनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । कृषिमा  दूधको व्यापार गर्नु फाइदा हुनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

तुला :  दिन राम्रो बन्नेछ । राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ ।  भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ । आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ । बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  

धनु : स्वास्थ्यामा सुधार हुनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा अशान्ति बढ्नेछ । परिवारबाट अपमानित भएको महसुस हुनेछ ।

मकर : दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन् । शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ ।

कुम्भ : दिन सामान्य छ । स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्नेछ । सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ ।

मीन : हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ४६ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक