पुलाचौरमा पक्की सडक निर्माण सुरु « Khabarhub

पुलाचौरमा पक्की सडक निर्माण सुरु


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका– ५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।

२०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । ‘बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना सुरु गरेका हौँ’, उनले भने, ‘तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागेका हौँ ।’

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुन थालेपछि पुलाचौरवासी उत्साही भएका छन् । धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीले बताएका छन् । सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो ।

चालु आवका लागि एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको छ ।

निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उनले बताए ।

उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आवमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सबइन्जिनियर मिलन केसीले बताए ।

पाँच सय दुई मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उनले बताए । बेनी नगरपालिका– ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे–बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ । (रासस)

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ५६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी