काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता « Khabarhub

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका छन् । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अन्य विभिन्न प्रकारका गरेर ३४० मुद्दा दर्ता भएको पनि उनले बताए । यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौंमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ भने ३६० जनालाई पक्राउ गरी उनीहरूबाट दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ । यसमा ६३७ पुरुष छन् ।

महिला बालबालिकासँग सम्बन्धित उजुरी घरेलु हिंसातर्फ १४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको