बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति « Khabarhub

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि दिएको अभिव्यक्तिले भारत–बंगलादेश सम्बन्धमा फेरि चर्चा चुलिएको छ। 

सोमबार विदाइ सम्बोधनका क्रममा उनले पूर्वोत्तर भारतका ‘सेभेन सिस्टर्स’ राज्यहरूको उल्लेख गर्दै भारतको नाम नलिएको विषयलाई लिएर विभिन्न अर्थ लगाइएको छ।

विदाइ भाषणमा युनुसले भने, ‘हाम्रो खुला समुद्र केवल बंगलादेशको भौगोलिक सिमाना मात्र होइन, यो वैश्विक अर्थतन्त्रसँग जोडिने खुला ढोका पनि हो। यस क्षेत्रमा नेपाल, भुटान र सेभेन सिस्टर्ससँग ठूलो आर्थिक सम्भावना छ।’

पूर्वोत्तर भारतका सात राज्य- अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नगाल्यान्ड र त्रिपुरा — लाई संयुक्त रूपमा ‘सेभेन सिस्टर्स’ भनिन्छ। युनुसले यी राज्यहरूको उल्लेख गर्दा भारतको नाम नलिएकाले उनले तिनलाई स्वतन्त्र इकाइझैँ प्रस्तुत गर्न खोजेको हो कि भन्ने टिप्पणीहरू आएका छन्।

यो पहिलो पटक भने होइन। गत वर्ष २६ देखि २९ मार्चसम्म चीन भ्रमणमा रहँदा पनि युनुसले यस्तै धारणा व्यक्त गरेका थिए। उनले त्यतिबेला ‘सेभेन सिस्टर्स’ राज्यहरू समुद्रसँग प्रत्यक्ष रूपमा नजोडिएको र बंगलादेश नै त्यस क्षेत्रको ‘अभिभावक’ भएको बताएका थिए।

उनले भनेका थिए, ‘भारतका सेभेन सिस्टर्स राज्यहरू स्थलरुद्ध छन्। तिनको समुद्रसँग कुनै सम्पर्क छैन। यस क्षेत्रको अभिभावक हामी हौं। चीनको अर्थतन्त्रका लागि यहाँ पर्याप्त सम्भावना छ। चीनले यहाँ उत्पादन गरेर विश्व बजारमा आपूर्ति गर्न सक्छ।’

युनुसको पछिल्लो अभिव्यक्तिलाई भारतप्रति संकेत गर्ने कूटनीतिक सन्देशका रूपमा हेरिएको छ। यद्यपि बंगलादेश सरकारका तर्फबाट यस विषयमा औपचारिक स्पष्टीकरण आएको छैन।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १२ : ३१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको