खैबर पख्तुनख्वामा घातक विस्फोट « Khabarhub

खैबर पख्तुनख्वामा घातक विस्फोट


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः रक्तरञ्जित बनेको छ । 

दुई बम आक्रमण र सुरक्षाकर्मी तथा आतंककारीबीचको गोली हानाहानमा कम्तीमा १४ सुरक्षाकर्मी र एक बालिकासहित तीन सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

अफगानिस्तान सीमावर्ती क्षेत्रहरूमा विद्रोह नियन्त्रण अभियान तीव्र पारिरहेका बेला यी छुट्टाछुट्टै आक्रमण भएका हुन् । यसै महिना इस्लामिक स्टेट समूहले इस्लामाबादस्थित एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटको जिम्मेवारी लिँदै ३१ जनाको ज्यान गएको र १६९ जना घाइते भएको दाबी गरेको थियो । 
 
सेनाको विज्ञप्तिअनुसार बाजौर जिल्लामा सुरक्षाचौकी नजिकै विस्फोटकले भरिएको गाडी ठोक्काइँदा ११ सुरक्षाकर्मी र एक बालिकाको ज्यान गएको छ । विस्फोटबाट आसपासका आवासीय भवनमा गम्भीर क्षति पुगेको र सात जना घाइते भएको जनाइएको छ । 

सेनाले उक्त घटनालाई ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ भन्दै यसको दोष ‘भारतीय प्रोक्सी’ समूहलाई दिएको छ । घटनास्थलबाट भाग्दै गरेका एक दर्जन आतङ्ककारी मारिएको दाबी पनि गरिएको छ । नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले विस्फोटक बोकेको गाडी धार्मिक कलेजको पर्खालमा ठोक्किएको बताए ।

बन्नु सहरको मिर्यान प्रहरी चौकीमा भएको अर्को विस्फोटमा रिक्शामा राखिएको बम पड्किँदा दुई सर्वसाधारणको मृत्यु भएको र १७ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

यसै प्रान्तको साङ्ला जिल्लामा खोजी अभियानका क्रममा तीन प्रहरी र तीन आतंककारी मारिएका छन् । खैबर पख्तुनख्वा प्रहरीका अनुसार मारिएका आतंककारीहरू चिनियाँ नागरिकलाई लक्षित आक्रमणमा संलग्न थिए ।

पछिल्ला वर्षहरूमा पाकिस्तानमा चिनियाँ लगानी तीव्र रूपमा बढेको छ । विशेष गरी चीन–पाकिस्तान आर्थिक कोरिडोर ९सिपिइसी० अन्तर्गतका पूर्वाधार, ऊर्जा र यातायात परियोजनामा लगानी बढेको छ ।

तर ती परियोजनालाई लक्षित गर्दै चिनियाँ नागरिकमाथि पटक–पटक आक्रमण हुँदै आएका छन् । गत वर्ष मार्चमा एक बाँध निर्माण स्थलमा काम गरिरहेका पाँच चिनियाँ नागरिक र उनीहरूका चालक आत्मघाती आक्रमणमा मारिएका थिए, जसमा उनीहरूको गाडी काराकोरम राजमार्गबाट गहिरो खोँचमा खसेको थियो ।

बेइजिङ इस्लामाबादको प्रमुख क्षेत्रीय साझेदारका रूपमा रहँदै आएको छ र आर्थिक सहयोगमार्फत सम्बन्ध सुदृढ बनाइरहेको छ । तर सुरक्षा चुनौती कायम रहेकाले रणनीतिक सडक कोरिडोर र चिनियाँ परियोजनाहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको प्रहरी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लगातारका आक्रमणले सीमावर्ती क्षेत्रमा अस्थिरता बढाइरहेका बेला सुरक्षाबलले विद्रोही गतिविधि नियन्त्रण गर्न अभियान अझ तीव्र बनाउने संकेत दिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : १८ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै