काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुककै सबैभन्दा ठूलो दल बनेसँगै गायक प्रकाश सपुतको संसद् प्रवेशको सम्भावना पनि चर्चामा आएको थियो।
सामाजिक विषयवस्तुका गीतमार्फत चर्चित बनेका चुनावअघि मात्रै रास्वपा प्रवेश गरेर समानुपातिकको बन्दसूचीमा आफ्नो नाम राख्न सफल थिए । उनको नाम समानुपातिकतर्फ दलित क्लस्टरको दोस्रो नम्बरमा समावेश थियो।
तर अन्ततः संविधानले तय गरेको महिला प्रतिनिधित्वको अनिवार्य प्रावधानका कारण उनी सांसद बन्ने सम्भावना टरेको छ। संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्थाका कारण रास्वपाले अन्तिम समानुपातिक सूची तयार गर्दा केही पुरुष उम्मेदवारको नाम हटाउनुपरेको थियो। यही क्रममा सपुतको नाम पनि अन्तिम सूचीमा परेन ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा उनको नाम नराखेपछि यसपटक संसद् पुग्ने उनको सम्भावना समाप्त भएको हो। आयोगले यही रास्वपाले पठाएकै सूचीलाई सदर गरेसँगै प्रकाश सपुतको सांसद बन्ने यो अध्याय टुंगिएको छ ।
संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्थाका कारण रास्वपाले अन्तिम समानुपातिक सूची तयार गर्दा केही पुरुष उम्मेदवारको नाम हटाउनुपरेको थियो। यही क्रममा सपुतको नाम पनि अन्तिम सूचीमा परेन ।
नफापेको राजनीति
गत माघ पहिलो साता प्रकाशले दर्शकलाई चकित पारे । उनी गुपचुपमै रास्वपा प्रवेश गरे । माघ पहिलो साता रास्वपाले सामानुपातिक सांसदका उम्मेद्वारको बन्द सूची सार्वजनिक गरेपछि प्रकाश राजनीतिमा प्रवेश गरेको प्रष्ट भयो ।
प्रकाश कलाकारिताको करिअर ओरालो लागि रहेको अवस्थामा रास्वपा प्रवेश गरेका थिए । गायनबाट उदाएका उनी ०८१ देखि पूर्णकालीन रुपमा फिल्ममा आए । उनले लामो समय मञ्चका कार्यक्रमबाट पनि विश्राम लिए । गीत रेकर्ड गरेको कुरा पनि सार्वजनिक भएन ।
उनका लगातर ५ फिल्म फ्लप भए । उनको अभिनयले क्षमता पनि प्रशंसाको विषय भएन । गायनमा चर्चा कमाइरहेका बेला फिल्ममा होमिएका उनी फेरि आफ्नै सहज विधामा फर्किए । फर्किन त फर्किए तर गीत चलेन ।
यही बेलादेखि ‘प्रकाशको करिअर संकटमा’ भन्ने टिप्पणी सुरु भएको हो । उनी राजनीतिमा प्रवेश गर्नुका कारण पनि यही डाउनफल रहेको केहीको टिप्पणी थियो ।
तर, प्रकाश भन्थे, ‘अस्थिर सरकारको अन्त्य र समृद्ध नेपालका लागि म राजनीतिमा आएको हो ।’सांसद बनेर जनताको आवाज पर्दामा भन्दा सशक्त ढंगले सदनमा राख्ने आफ्नो सपना उनले सार्वजनिक अन्तर्वार्तामा बताउँदै आएका थिए ।
तर, प्रकाशलाई राजनीति फापेन । पार्टीलाई जिताउन कार्यकर्ता तहमै प्रस्तुत भएका उनी सांसदको सूचीमा परेनन् ।
प्रकाश दलित कलस्टरको दोस्रो स्थानमा रहेकाले सांसद बन्ने पक्का रहेको भन्दै उनले पहिल्यै बधाई खाइसकेका थिए ।
कलाकारिता छाडेर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहकै पहिरन कपी गरेर चुनावी प्रचारमा हिँडेका उनले प्रतिफल पाएनन् । उनले गीतमा भन्दा सशक्त ढंगले जनताको आवज सदनमा राख्ने धोको पनि पूरा गर्न पाएनन् ।
कलाकारिता छाडेर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहकै पहिरन कपी गरेर चुनावी प्रचारमा हिँडेका उनले प्रतिफल पाएनन् । उनले गीतमा भन्दा सशक्त ढंगले जनताको आवज सदनमा राख्ने धोको पनि पूरा गर्न पाएनन् ।
आफू सांसद नबन्ने पक्का पक्की भएपछि प्रकाश पुनः गायनमा फर्किएका छन् ।
मार्च अन्तिममा उनी आयरल्यान्डमा आयोजित कन्सर्टमा सहभागी हुँदैछन् । गत माघमा प्रकाशले कन्सर्टको व्यस्त तालिका सार्वजनिक गर्दै भनेका थिए, ‘सम्भवतः यो वर्षका लागि यति नै ।’
ओलीको बयान गर्दा परेको आपत्
०८१ फागुनमा प्रकाशले एमालेको कार्यकर्ताको ट्याग खेप्नुपर्यो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माको आलीको प्रशंसा गरेका कारण कार्यकर्ताको ट्याग लागेको हो ।
ओलीकी पत्नी राधिका शाक्यको किताब विमोचन कार्यक्रममा ओलीको प्रशंसा गरेकाले नै उनीमाथि पार्टी कार्यकर्ताको ट्याग लागेको हो ।
डेब्यू लेखन र निर्देशन गरेको फिल्म ‘वसन्त’ फ्लप हुनुको कारण पनि ‘ओलीको प्रशंसा’ नै रहेको प्रकाशको बुझाइ छ ।
प्रकाशले ओलीको प्रशंसा फागुनमा गरे । उनको फिल्म चैतमा प्रदर्शनमा आएको थियो । तथापि, प्रकाशले आफू कहिल्यै एमालेको समर्थक वा कार्यकर्ता नरहेको स्पष्टीकरण दिँदै आएका थिए ।
‘देशलाई विकासको गति दिन नसक्ने वृद्ध नेता’को पक्षमा प्रकाश रहेको भन्दै सामाजिक सञ्जालमा ओलोचना भएको थियो ।
यही आलोचनालाई मेट्न उनी उक्त विचारसँग मिल्दोजुल्दो पार्टीमा प्रवेश गरेको देखिन्छ । जेन–जी आन्दोलनपछि रास्वपाले आफूलाई ‘युवाको भावना बुझ्ने पार्टी’को लाइनबाट विकास गर्यो । प्रकाश त्यसैमा आकर्षित भएको देखिन्छ ।
प्रकाशको रास्वपमा प्रवेश नेताका रुपमा भयो । तर, सांसद भएनन् । उनी कार्यकर्तामै सीमित भएका छन् ।
रास्वपाको कार्यकर्ताको ट्याग लाग्दा प्रकाशको कलाकारिता करिअर कसरी अगाडि बढ्ला ? अब वसन्त आउँला कि नआउँला ?













प्रतिक्रिया