इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान « Khabarhub

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ।

रोयटर्सलाई उद्धृत गर्दै त्यहाँको स्थानीय समाचार एजेन्सीले जनाए अनुसार, यूएईको उड्डयन प्राधिकरणले ‘असाधारण सावधानीमूलक उपाय’ स्वरूप देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

फेब्रुअरी २८ देखि इजरायल र अमेरिकाले इरानका सैन्य पूर्वाधारहरूमा संयुक्त आक्रमण गरेपछि यो द्वन्द्वको असर खाडी मुलुकमा परेको हो ।

यसको प्रतिशोधमा इरानले इजरायलका साथै अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुक (युएई, साउदी अरब, कतार, बहराइन र कुवेत) मा लगातार मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : २५ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि