अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण « Khabarhub

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको अन्त्यमा हुने भनिएको आफ्नो महत्त्वपूर्ण चीन भ्रमण रोकेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यो भ्रमण रोकेका हुन् । उनले यसलाई करिब एक महिना पछि सार्ने योजना बनाएको दाबी गरेका छन्।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता आगामी मार्च ३१ देखि अप्रिल २ का लागि तय गरिएको थियो।

इरान युद्ध र यसले विश्वव्यापी तेल आपूर्तिमा पारेको अवरोधका कारण ट्रम्पका अन्य वैदेशिक नीतिहरू छायामा परेका छन्। ट्रम्पले यो ढिलाइ केवल युद्ध व्यवस्थापनका लागि मात्र भएको स्पष्ट पार्दै भनेका छन्, ‘म सीसँग भेट्न उत्सुक छु, हाम्रो सम्बन्ध धेरै राम्रो छ। यसमा कुनै षडयन्त्र छैन, युद्ध चलिरहेको बेला मेरो उपस्थिति यहाँ आवश्यक छ।’

एक दिनअघि भने ट्रम्पले ‘फाइनान्सियल टाइम्स’सँग कुरा गर्दै यदि चीनले हर्मुज जलसन्धिको अवरोध हटाउन मद्दत नगरे भ्रमण स्थगित हुन सक्ने संकेत दिएका थिए। चीन इरानी ऊर्जाको ठूलो खरिदकर्ता हो । उसले इरानमाथि भइरहेको अमेरिकी र इजरायली आक्रमणको आलोचना गर्दै आएको छ।

सन् २०२६ को सुरुदेखि नै मध्यपूर्वमा युद्ध चलिरहेको छ। अमेरिकाले इरानविरुद्ध प्रत्यक्ष सैन्य भूमिका खेलिरहेको छ, जसका कारण राष्ट्रपति ट्रम्पले विदेश भ्रमणभन्दा ‘वार रुम’ लाई प्राथमिकता दिएका हुन्।

इरानले विश्वको तेल ओसारपसार हुने प्रमुख मार्ग हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेपछि विश्वभर इन्धनको मूल्य आकासिएको छ। अमेरिकाले चीनलाई आफ्नो प्रभाव प्रयोग गरेर यो बाटो खुलाउन दबाब दिइरहेको छ।

चीन इरानको प्रमुख आर्थिक साझेदार हो। उसले अमेरिकी आक्रमणको विरोध गरिरहेको छ, जबकि अमेरिका चीनले रुस र इरानलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : १५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य