जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ « Khabarhub

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले फिल्म ‘कार्की साइँला’को छायाङ्कन सकेका छन् ।

राजेन्द्र बस्नेतको निर्देशनमा यो फिल्मको छायाङ्कन २१ दिनमा पूरा भएको हो ।

निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरू भएको यस फिल्मको छायाङ्कन सुनसरीको बराहक्षेत्र आसपासमा टुङ्गिएको हो ।

एक महिनाको छायाङ्कन तालिका राखिए पनि पूर्वमानुमानभन्दा अगावै छायाङ्कन सकिएको उनले बताए ।

यस फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी)सहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य,दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा जितुको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी’ छिन् । उनीहरुको यो पहिलो फिल्मको सहकार्य हो । यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन् ।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् ।कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा बन्ने यस फिल्मको प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : ५७ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको