काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै « Khabarhub

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ ।  

वैशाख १२ गतेसम्म ललितपुरस्थीत च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लव र त्रिभुवन आर्मी एफसीको सहभागीत रहनेछ । सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नजिता आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन् ।

उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टीमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नजिता आफ्नो पक्षमा पार्ने गरी सुरु देखि नै अन्य टिमलाई दबाब दिएर खेल्ने समेत बताएका थिए ।

बुधबार हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ४ : ३० बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन