काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै « Khabarhub

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ ।  

वैशाख १२ गतेसम्म ललितपुरस्थीत च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लव र त्रिभुवन आर्मी एफसीको सहभागीत रहनेछ । सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नजिता आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन् ।

उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टीमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नजिता आफ्नो पक्षमा पार्ने गरी सुरु देखि नै अन्य टिमलाई दबाब दिएर खेल्ने समेत बताएका थिए ।

बुधबार हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ४ : ३० बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक