नेप्से परिसूचक १३ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक १३ अंकले बढ्यो


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ ।

आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८४, विकास बैंक शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ५९, लगानी शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव ३६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । 

वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ३१, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव ०३, व्यापार शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको