एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल « Khabarhub

एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धक्का व्यहोरेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग उठिरहेको छ । तेस्रो पुस्ताका युवा नेताहरुले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठाइरहेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने अध्यक्ष केपी शर्मा ओलीलाई साइड लगाएर आफैँ एमालेको नेतृत्व हत्याउन तम्सिएको हल्ला पनि फैलिन सुरु भएको छ ।

उपाध्यक्ष विष्णु पौडेल यो आरोप स्वीकार गर्न तयार छैनन् । ‘निर्वाचनकै गम्भीर समीक्षा गर्न पाएको छैन । नेतृत्व परिवर्तनको कुरा कहाँबाट उठ्यो हामीले यस्तो कुरा गरेको छैन ।’ उनले भनेका छन् ।

पौडेलले यसो भनेपनि अहिले उनलाई तेस्रो पुस्ता अर्थात् युवाले तत्काल साथ दिने अवस्था भने अहिलेसम्म देखिँदैन । उपाध्यक्ष पौडेलसँग ज्ञानु घिमिरेले एमालेको पछिल्लो राजनीति अवस्थाबारे पाँच प्रश्नमा रहेर छोटो कुराकानी गरेकी छिन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

नेकपा एमालेमा नेतृत्व परिवर्तनदेखि विशेष महाधिवेशनसम्मका कुरा उठेका छन् नि ?

सबैभन्दा पहिला त हाम्रो आन्दोलनले गम्भीर धक्का ब्यहोरेको छ। नेकपा एमालेले चुनावी परिणाम र अरु कुराबाट ज्यादै ठूलो क्षति भोगिरहेको छ। सबैभन्दा पहिला हामीले यो क्षति किन ब्यहोर्नु पर्‍यो ? यसको गम्भीर समीक्षा गर्छौँ । समीक्षाको निष्कर्षका आधारमा कसरी अगाडि बढ्ने भन्ने तय गर्छौँ । अहिले हामी समीक्षाकै चरणमा छौँ । प्रश्नहरू उठ्नु स्वभाविक पनि हो । निर्वाचन र अरु कुराकै विषयमा समीक्षा नगरेका कारण नेतृत्व परिवर्तनको विषयमा छलफल हुन पाएको छैन ।

यहाँको पार्टी अध्यक्ष र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भएको भेटवार्तालाई कसरी हेर्नुभएको छ ?

होइन, उहाँहरु सामान्य हिसाबले भेटवार्ता गर्नुभएको जानकारी हामीलाई छ । पार्टीका नेताहरू भेटवार्ता गर्नु र सामान्य छलफल गर्नुलाई हामीले स्वभाविक रुपमा हेरेका छौँ । उहाँहरु खास किन भेट्नुभएको थियो र उहाँहरुको कुरा के हो भन्ने विषयमा हामीले अध्यक्षज्यूलाई भेटेर सोध्न पाएको छैन ।

उसो भए पार्टीले  निर्वाचनकै समीक्षा गरेको छैन ?

हो, हामीले निर्वाचनको समीक्षा गर्न पाएको छैन । पहिला हामी निर्वाचनको समीक्षा गर्छौँ र त्यसपछाडि कसरी जाने भन्ने विषयमा प्रवेश हुन्छ ।

युवाले नेतृत्व परिवर्तनको विषय उठाएका छन् यो चाहिँ जायज छ कि छैन, त्यो भन्दिनु न ?

अहिले मैले यसबारे भन्न सक्दिनँ । पहिला हामी पार्टीले ब्यहोर्नु परेको धक्का र पछिल्लो राजनीतिक परिस्थितिका विषयमा समीक्षा गर्छौँ । समीक्षा भएपछि मात्रै कसले कस्तो कुरा र एजेन्डा उठाउनुभएको छ, त्यसबारे प्रवेश गर्छौँ । अहिले अध्यक्षज्यूको स्वास्थ्य अवस्था र पछिल्लो राजनीतिक घटनाक्रमका कारण गम्भीर समीक्षा गर्न पाएको छैन । अहिले मैले यति भनेँ, समीक्षा गर्न बाँकी छ ।

उसो भए सचिवालय बैठक कहिले राख्नुहुन्छ ?

हामी सचिवालय बैठकको तयारीमा छौँ । अध्यक्षज्यूको स्वास्थ्य अवस्थाका कारण बस्न नपाएको हो । स्वभाविक हिसाबले अब बस्ने सचिवालय बैठकमा पार्टीले व्यहोर्नुपरेको धक्का र घाटाबारे समीक्षा हुन्छ । त्यहाँ पछिल्लो सरकारले गरिरहेका राजनीतिक गतिविधि र अरुप्रति राखिएको राजनीति प्रतिशोधका विषयमा पनि छलफल हुन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : ३४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले