लेबनानमा युद्धविराम लागू « Khabarhub

लेबनानमा युद्धविराम लागू


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्धविराम सुरु हुने बताएको जनाइएको छ भने  दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाई युद्धविराम गरेको जनाइएको छ ।

स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामा समेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् ।

यसैबीच, लेबनानी सेनाले नागरिकहरूलाई युद्धविराम पूर्ण रूपमा लागू नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरहरूमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्रहरू नजिक नआउने चेतावनी पनि दिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भए देखि लेबनानमा दुई हजार १९६ जना भन्दा बढी मानिसहरूले मृत्यु वरण गर्नु का साथै  सात हजार १८५ भन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : ३२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र