लेबनानमा युद्धविराम लागू « Khabarhub

लेबनानमा युद्धविराम लागू


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्धविराम सुरु हुने बताएको जनाइएको छ भने  दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाई युद्धविराम गरेको जनाइएको छ ।

स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामा समेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् ।

यसैबीच, लेबनानी सेनाले नागरिकहरूलाई युद्धविराम पूर्ण रूपमा लागू नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरहरूमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्रहरू नजिक नआउने चेतावनी पनि दिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भए देखि लेबनानमा दुई हजार १९६ जना भन्दा बढी मानिसहरूले मृत्यु वरण गर्नु का साथै  सात हजार १८५ भन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : ३२ बजे

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी

सिंहदरबारमा सरकारको खारेजी सूचीका कर्मचारी सङ्गठनको मोर्चाबन्दी, बुझाए संयुक्त मागपत्र

काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती

धनुषामा एक पुरुषको शव फेला

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको