विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै « Khabarhub

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूले विभिन्न कार्यक्रमहरूसहित मनाइरहेका छन् । यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ ।

सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उनले बताए । यस्तै वैशाख १ गते निकुञ्जको कार्यालयमा झण्डा फेर्ने र सरसफाइ गरिएको, वैशाख २ गते चरा अवलोकन, ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालासँग छलफल गरिएको थियो ।

५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तक्र्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुवाट टुहुरा बनाइएका बालबालिकालाई छात्रबृत्ति प्रदान र अन्तिम दिन ७ गते सोमबार वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तरक्रिया गरिने छ ।

यस्ता कार्यक्रमहरूले वन्यजन्तु संरक्षणमा समुदायको भूमिकाका बारेमा जानकारी दिँदै संरक्षणमा टेवा पुग्ने उनले बताए । उनका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ ।

सप्ताहका क्रममा नेपाल जोलोजिकल सोसाइटी बागमती प्रदेश र वीरेन्द्र बहुमुखी क्याम्पस प्राणीशास्त्र विभागले आज प्रभातफेरी गरेको छ । भरतपुर–१० रमाइलोचोकबाट निस्किएको प्रभातफेरी दीपेन्द्रचोक, सिनर्जी चोक, पूर्णिमा चोक हुँदै पुनः रमाइलो चोकमा पुगेर सम्पन्न भएको वीरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर घिमिरेले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : २५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।