तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव « Khabarhub

तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन गरिएको पाँच दिने प्रथम रौता पर्यटन महोत्सवमा तीन लाखले भ्रमण गरेका छन् । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन गरिएको प्रथम रौता पर्यटन महोत्सवमा उदयपुरसहित कोशी, मधेस प्रदेशका अन्य जिल्लाबाट उल्लेख्य उपस्थित रहेको आयोजक रौता पर्यटन महोत्सव समितिका संयोजक दिनेश श्रेष्ठले बताए ।

रौता पर्यटन महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबारसमेत भएको आयोजकले बताएको छ । कोशी प्रदेशका अन्य जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थलजस्तै उदयपुरको रौता पनि एक महत्त्वपूर्ण धार्मिक र मनोरम पर्यटन गन्तव्यस्थल भएका कारण धार्मिक पर्यटन प्रवर्द्धनका लागि यसपटक नयाँ वर्षको अवसर पारेर प्रथम रौता पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

कोशी प्रदेश पर्यटन मन्त्रालय, उदयपुरको रौतामाई गाउँपालिका तथा त्रियुगा नगरपालिकाको सहयोगमा पर्यटन महोत्सव सञ्चालन गरिएको पर्यटन महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटनमन्त्री भीमप्रसाद पराजुलीले गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ०७ बजे

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको