चितवनमा यस वर्ष ४५८ दुर्घटना « Khabarhub

चितवनमा यस वर्ष ४५८ दुर्घटना


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् ।

कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् । तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका उनले जानकारी दिए । मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उनले जानकारी दिए ।

यहाँ भएका दुर्घटनामा ६८० वटा सवारीसाधन परेका छन् । तीमध्ये सबैभन्दा बढी ४०८ वटा मोटरसाइकल रहेका प्रहरी निरीक्षक थापाले बताए । गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए । ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका जनाउँदै उहाँले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका उनले बताए । जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए ।

उनका अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उनले जानकारी दिए । तीव्र गति, ओभरटेक, मादकपदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक थापाले बताए ।

सचेतनाको कमीले दुर्घटना बढेको पाइएपछि विद्यालयस्तरमा दुर्घटना नियन्त्रणसम्बन्धी अन्तरक्रिया गर्ने, पोष्टर, पम्प्लेट वितरणलगायत कार्यक्रम कार्यालयले गर्दै आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ५६ बजे

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको