कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने « Khabarhub

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न सकेन। बिहीबार नै चयन भइसक्ने तालिका थियो । तर शुक्रबार प्रक्रिया बल्ल अघि बढेको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको नेताबारे लामो छलफल भए पनि निर्णय हुन नसकेको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन् ।

छलफलपछि दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक रसाइली स्नेहीले सहमतिमा नै दलको नेता चयनका लागि आकांक्षी र नेतृत्वसँग छलफल गर्ने र सहमति हुन नसके प्रक्रिया अघि बढाउने जानकारी दिए । दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेसहित अरू केही सांसदले दाबी प्रस्तुत गरेका थिए ।

अहिले कांग्रेस दलको नेताका लागि पाका नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दौडमा छन् । मोहन आचार्य र भरत खड्का पनि इच्छुक थिए । तर खड्कालाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाइएको छ।

कांग्रेसले फागुन २१ मा निर्वाचित ३८ जना सांसदबाट पनि दलको नेता छान्न नसकेको हो । उसले निर्वाचनमा नगई सर्वसम्मतिमा दलको नेता छान्न गरेको प्रयास सफल हुन सकेको छैन ।

यदि थप अझै समयमा पनि सहमति नभएमा अब आकांक्षीबीच निर्वाचन गराउने तयारी छ। शनिबार सहमतिका लागि अन्तिम प्रयास गरेर निर्वाचनमा जाने तयारी भएको कांग्रेस सहमहामन्त्रीसमेत रहेका स्नेहीले जानकारी दिए ।

शुक्रबारको बैठकमा अधिकांश सांसदलाई बोल्न दिइएको थियो । उनले आजको बैठकमा २६ जनाले बोलेको बताउँदै थप सांसदले शनिबार बोल्ने अर्का नेता केसीले बताए ।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समिति र सांसदहरूबीच शुक्रबारको छलफलमा सहमति नभएपछि प्रक्रियामार्फत अघि बढ्ने जानकारी गराइएको छ ।

रसाइली स्नेहीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र बृहत् एकता कायम गर्न दलको विधान संशोधन गरिनेसमेत जानकारी दिए । निर्वाचित भएपछि सम्पूर्ण पदाधिकारीहरु पनि दलको नेताले चयन गर्ने व्यवस्थालाई परिमार्जन गर्ने विषयमा पनि पार्टीका सांसदहरूलाई जानकारी गराइएको उनको भनाइ छ ।

उनले दलको नेता चयनपछि विधान संशोधनको प्रक्रिया पनि सँगसँगै अघि बढाइने धारणा राखे । छलफलपछि कांग्रेस सांसद केसीले सहमतिमै दलको नेता चयन गर्न सदस्यहरूले जोड दिएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : २३ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र