आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन « Khabarhub

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले चालु आवको चैतसम्म आयकरतर्फ रु २१ करोड ७३ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु १८ करोड १८ लाख ५७ हजार सङ्कलन भएको जानकारी दिए । उनका अनुसार भ्याटतर्फ रु पाँच करोड ४० लाख २७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु पाँच करोड ३२ लाख ३९ हजार अर्थात् ९८ दशमलव ५४ प्रतिशत राजस्व सङ्कलन भएको छ । यसैगरी अन्तशुल्कतर्फ रु एक करोड ३७ लाख तीन हजारमध्ये ७५ दशमलव सात प्रतिशत राजस्व सङ्कलन भएको छ ।

बहालकरतर्फ ८० लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा ६६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले उल्लेख गरे । कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कर अधिकृत घिमिरेले बताए ।

उनका अनुसार कार्यालयले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउने गरी काम भइरहेको छ । बक्यौता रहेको कर असुली गर्नका लागि कार्यालयले काम गरिएको छ । नक्कली बिलबिजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्ने, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनेलगायत काम गरेमा राजस्व सङ्कलनको दरमा सुधार गर्न सकिने प्रमुख कर अधिकृत घिमिरेले धारणा राखे ।

कार्यालयमा आयकरमा दर्ता भएका १६ हजार ९२२ जना करदाता छन् । भ्याटमा दर्ता भएका एक हजार ७१७ र अन्तशुल्कमा दर्ता भएका ५८२ जना करदाता रहेका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । व्यक्तिगत रूपमा स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट जारी गर्ने यहाँका स्थानीय तहलाई पटकपटक तोकता गर्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनका अनुसार सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहबाट प्यान लिने व्यवस्था गरेको छ । उक्त कार्यालयको जुम्लासहित मुगु र कालीकोट जिल्ला कार्यक्षेत्रभित्र पर्दछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ०९ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका