हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता « Khabarhub

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच आज आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्यहरूमा आपसी सहयोग र सहकार्य गर्ने विषयमा आज समझदारी भएको महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए ।

समझदारीअनुसार महासङ्घका वर्षभरि हुने कार्यक्रममा इन्सुरेन्स कम्पनीलाई साझेदारीको रूपमा प्रवर्द्धन गरिनेछ । सो समझदारी सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपम इन्सुरेन्स कम्पनीले महासङ्घका कार्यक्रममा आर्थिक रूपमा योगदान पुर्‍याउने जनाइएको छ ।

उक्त समझदारीपत्रमा महासङ्घको तर्फबाट महानिर्देशक देवकोटा र इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : १२ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले