छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको न ३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बाप्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा हाल नाम थर वतन खुल्न नसकेको ३६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । गम्भीर घाइते उक्त पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका प्रहरी नायब उपरीक्षक बोगटीले बताए । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरी मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरास्थित सडकमा अटो रिक्सालाई पछाडिबाट कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना२ह ४५९२ अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र३–०१–०२३च ३०८१ नम्बरको कारले ठक्कर दिँदा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीय चिनीमाया रुम्बाको मृत्युु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

दुर्घटनामा गम्भीर घाइते रुम्बालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।सोही दुर्घटनामा परी अटो चालक मकवानपुरको बागमती गाउँपालिका–८ निवासी २५ पर्षीय यमन राई र बागमती गाउँपालिका–७ शान्तिपुर निवासी ११ वर्षीय सुबिन पुलामीमगर घाइते भएको र दुवै जनाको हेटौँडास्थित सिसीएम चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ४४ बजे

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको