सिरहाः एक महिनामा १९ स्थानमा आगलागी « Khabarhub

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा तीव्र वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको गत चैतको विवरणअनुसार एक महिनामा जिल्लाका विभिन्न १९ स्थानमा विद्युत् सर्टलगायत कारणले आगलागीका घटना भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार चैतमा तीन वटा विद्युत् सर्टसहित १९ वटा आगलागीका घटना भएका हुन् ।

यी घटनाहरूबाट करिब रु ३३ लाख २७ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण र उद्धारका लागि प्रहरीले १८२ जना जनशक्ति परिचालन गरेको छ ।

आगलागीबाहेक जिल्लामा अन्य प्राकृतिक विपद्का घटनाबाट पनि मानवीय क्षति भएको छ । पानीमा डुबेर एक र करेन्ट लागेर एक जनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका हुन् । उनका अनुसार जङ्गली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने हावाहुरीका कारण एक ठाउँमा भौतिक क्षति पुगेको छ ।

यसैबीच, विपद्सँगै जोडिएको वातावरणीय जोखिम र प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । चैत महिनामा अवैध रूपमा नदीजन्य वा वन पैदावार उत्खननमा संलग्न पाँच वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसबाट रु एक लाख जरिवाना सङ्कलन गरी राजस्व कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए । विपद्को समयमा तत्काल प्रतिकार्यका लागि जिल्लाभरका विभिन्न युनिटबाट प्रहरी जनशक्ति परिचालन गरिएको उनले बताए ।

प्रहरीले आगलागी नियन्त्रणका लागि स्थानीय तहका दमकल र स्थानीय बासिन्दासँगको समन्वयमा कार्य गर्दै आएको छ । सुक्खा मौसम अझै बाँकी रहेकाले आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन र आगोको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ५६ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट