हुम्लामा विद्युत सेवा अवरुद्ध « Khabarhub

हुम्लामा विद्युत सेवा अवरुद्ध


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोटसहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन् ।

हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ । आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए ।

समस्याका कारण विद्युत उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मतकार्य सम्पन्न नभएसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ ।

यस केन्द्रबाट विद्युत सेवा लिइरहेका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी रातिको समयमा विद्युत् सेवा बन्द हुँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा असर पर्ने देखिएको छ ।

वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गर्दै विद्युत उपकरण सुरक्षित रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । विद्युत सेवा बन्द हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार ५ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : ५४ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष