सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड « Khabarhub

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त र विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ ।

महालेखाले सार्वजनिक प्रशासनमा सूचना प्रविधिलाई कार्यसम्पादनसँग आबद्ध गरी ‘फेसलेस ब्यूरोक्रेसी’, विद्युतीय शासन र एकल सेवा केन्द्रको अवधारणालाई कार्यान्वयनमा ल्याउन सुझाएको छ ।

विशिष्टीकृत कार्यका लागि कार्यसमयमा लचकता र उपयुक्त प्रोत्साहनसहित एकभन्दा बढी कार्यालयको जिम्मेवारी दिन सकिने व्यवसथा मिलाउन सुझाव दिँदै महालेखाले सेवाग्राहीप्रति शिष्ट, मर्यादित र जबाफदेही सेवा संस्कृति स्थापित गर्न स्पष्ट आचारसंहिताको कार्यविधि तर्जुमा गरी लागू गर्न सिफारिस गरेको छ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक सचेतना अभिवृद्धि गर्ने र नियमित पृष्ठपोषण प्राप्त गर्ने संयन्त्र विकास गर्न र सेवाग्राहीको समय र लागतलाई ध्यानमा राखी सेवा डिजाइन गर्नुपर्ने तथा प्रमाणयोग्य कागजातको प्रारम्भिक प्रशोधन निःशुल्क गर्न महालेखाले सुझाव दिएको छ ।
 
मौज्दात जिन्सी उपयोग सुनिश्चित गर्न सुझाव

सार्वजनिक निकायको स्वामित्वमा रहेका सबै प्रकारका सम्पत्तिको विवरण सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख गर्ने र नेपाल सार्वजनिक क्षेत्र लेखामानबमोजिम तयार गरिने वित्तीय विवरणमा खुलासा गर्ने व्यवस्था गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।

सार्वजनिक निकायको मौज्दातमा भएका जिन्सी सामग्री, यन्त्र–उपकरण र औजार किफायती मर्मत गरेर उपयोग हुन नसक्ने यकिन गरेपश्चात् मात्र नयाँ खरिद गर्ने व्यवस्था गर्न तथा सम्पन्न वा विघटित आयोजनाको यन्त्र–उपकरण र सम्पत्तिको अभिलेख गरी त्यस्ता मालसामान आवश्यक पर्ने निकायमा हस्तान्तरण गर्न महालेखाले सुझाएको छ ।

ल्यापटप, ट्याब्लेटजस्ता उपकरणको प्रयोगकर्ता परिवर्तनपश्चात् पुनः उपयोगमा नल्याई नयाँ खरिद गर्ने प्रवृत्ति रोक्न सम्पत्तिको उपयोगी आयु तोकी सो अवधिभित्रै एकै प्रयोगकर्तालाई उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिइएको छ ।

राष्ट्रिय महत्त्वका अभिलेख, नक्सा, सन्धि–सम्झौता र ऐतिहासिक दस्ताबेजको अभिलेखीकरण र सुरक्षा गर्न ‘डिजिटाइजेसन’ लगायतका उपयुक्त विधि अपनाउन, सार्वजनिक र गुठी जग्गा अतिक्रमणमुक्त बनाइ उचित संरक्षण र उपयोग गर्न, मुआब्जा वितरण भइसकेका जग्गा अनिवायरूपमा सरकारी स्वामित्वमा ल्याई अभिलेख संरक्षण र उपयोगको व्यवस्था मिलाउन महालेखाले सरकारलाई सुझाव दिएको छ ।

यस्तै भन्सारमा जफत वा सार्वजनिक निकायमा प्रयोगविहीन अवस्थामा रहेका सवारी साधन समयमै मर्मत गरी उपयोग गर्ने वा लिलाम/हस्तान्तरण गर्ने व्यवस्था गर्न, सामुदायिक वनका उपभोक्ता समूहले सङ्कलन गरेको काठ, दाउराको उपयोग र बिक्रीसम्बन्धी स्पष्ट व्यवस्था गरी समूहका सदस्यले उपयोग र बिक्री गर्ने परिणाम र सीमा तोक्न भनिएको छ ।

महालेखाले कुनै सार्वजनिक निकाय/कार्यालय एकअर्कामा गाभिएमा वा टुक्रिएमा वा खारेज भएमा साबिकको निकाय/कार्यालयमा रहेका जिन्सी, स्रेस्तालगायतका कागजात जिम्मा रहने निकाय/कार्यालयको निर्क्योल त्यस्तो निर्णय गर्दाको बखत नै हुनुपर्ने ठहर गरेको छ । 

सो नगर्ने निकाय/कार्यालयको प्रमुख वा जिम्मेवार अधिकृतलाई कानुनीरूपमा नै जबाफदेही बनाउन महालेखाले सुझाव दिएको छ । रासस

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : २५ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण गरिँदै

काठमाडौं– गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी

तस्बिरमा हेर्नुहोस्, पोखराको सुकुम्वासी बस्ती

काठमाडौं– केही समय अघि काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न

कङ्गोमा इबोला प्रकोप : दर्जनौँको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

कङ्गो– डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८०

विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ

काठमाडौं – ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन