युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन « Khabarhub

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु  ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ  ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
        
कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ । 

तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट रु ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज रू आठ करोड ४६ लाख ९८ हजार र हर्जाना रू २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ६ : २४ बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व