विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित « Khabarhub

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले उत्कृष्ट खेल प्रदर्शन गर्दै इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

लामो समयको प्रतीक्षापछि विश्वकपमा फर्किएको इराकले बलियो मनोबल देखाए पनि नर्वेको आक्रामक रणनीतिसामु अंक जोड्न सकेन । नर्वेका लागि भने २८ वर्षपछि विश्वकपमा प्राप्त यो जित निकै महत्वपूर्ण बनेको छ ।

सन् १९९८ पछि नर्वेले पहिलो पटक विश्वकप खेलेको हो । खेलको २९ औं मिनेटमा म्यानचेस्टर सिटीका स्टार हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

इराकले बराबरी गोल गरेको खुसीयाली मनाउन नपाउँदै ४ मिनेटपछि नै हालान्डले व्यक्तिगत दोस्रो गोल गरे । ४३ औं मिनेटमा इराकी डिफेन्सको गल्तीको फाइदा उठाउँदै हालान्डले टोलीलाई २–१ को अग्रता दिलाए ।

विश्वकपको पहिलो खेलमै दुई गोल गर्दै हालान्डले खेलमा आफ्नो बलियो छाप छोडे । दोस्रो हाफमा नर्वेले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । खेलको ७६ औं मिनेटमा लियो ओस्टिगार्डले उत्कृष्ट हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए ।

खेलको इन्जुरी समय (९६ औं मिनेट) मा इराकका खेलाडीबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित सुनिश्चित गरेको हो ।यसअघि समूह ‘आई’ कै अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो जितसँगै नर्वेले समूह चरणमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : ०१ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।