विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी « Khabarhub

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को एउटा स्वर्णिम इतिहास रचेका छन् । अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक पूरा गर्दै मेसीले विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमान बराबरी गरेका हुन् । मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ ।

आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले मैदानमा जादू गरे । खेलको पहिलो हाफमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट १७ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो ।

उमेरले ३९ वर्ष पुग्न लागे पनि मेसीले गोलको उत्सव कुनै युवा खेलाडीले आफ्नो पहिलो विश्वकप गोल गर्दा जस्तै उमङ्गका साथ मनाएका थिए ।

खेलको ६० औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरको २५ यार्ड टाढाको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले नियन्त्रणमा लिन नसक्दा छातीमा लागेर फर्किएको बललाई मेसीले आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिएका थिए ।

त्यसपछि पनि आक्रामक खेल जारी राखेको अर्जेन्टिनाका लागि मेसीले व्यक्तिगत तेस्रो गोल थप्दै विश्वकप फुटबल इतिहासमै आफ्नो नाम सबैभन्दा शीर्ष स्थानमा अंकित गराए । १६ औँ गोलसँगै उनले जर्मनीका क्लोजसँगको कीर्तिमान बराबरी गरेका हुन् ।

यसअघि खेलको सुरुवाती चरणमा अल्जेरियाका फारेस चेइबीले गोल गरे पनि भीएआरले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो । चेइबीको अर्को एउटा कठिन प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए । मेसीको कीर्तिमानी खेल र ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले विश्वकप अभियानमा सुखद सुरुआत गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : ४० बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।