अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार « Khabarhub

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 

सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त आवास निर्माण गरी वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

सरकारले प्रशासनिक पुनर्संरचनाद्वारा मन्त्रालय/निकायहरू घटाइएको भन्दै उनले प्रदेशको चालु खर्चमा ११ प्रतिशतले बचत हुने अनुमान गरिएको जानकारी दिए । प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मन्त्री तामाङका अनुसार मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत युवा स्वरोजगार, उद्यमशीलता, प्रादेशिक स्टिम/आइटी विद्यालय, विद्यार्थी ह्याकाथन र स्मार्ट शिक्षा आइटी स्किल फेलोसिपका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्ति, घरेलु र आइटी उद्यमीहरूलाई कर्जामा ब्याज अनुदान दिन रु २० करोड विनियोजन गरिएको उनले बताए । 

प्रदेश गौरवका आयोजनाका रूपमा हेटौँडामा प्रदेश राजधानी चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : १८ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न