सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग « Khabarhub

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।

बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको उचित बन्दोबस्त गर्न माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।

उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।

नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राखे । उनले सुकुम्वासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : २४ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो