फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा « Khabarhub

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ । 

एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू-किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई बोलाएर ‘फ्लेभर्स अफ थाइल्याण्ड’ को विशेष अनुभव गराइएको थियो ।

यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन् । थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन् ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ । उपस्थितलहरुले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन् । प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन् । 

‘फ्लेभर्स अफ थाइल्याण्ड’ ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ।  

होटलले सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न हार्दिक आमन्त्रण गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : ३८ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८