ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो  « Khabarhub

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि एकपटक प्रमाणित गरे ।

बलियो अल्जेरियन टोलीविरुद्ध मैदान उत्रिएका अर्जेन्टिनी कप्तान सुरुदेखि नै शान्त र आत्मविश्वासी देखिन्थे । उनको करियर हेर्दा यो कुनै आश्चर्यको विषय थिएन । मेस्सीले आफ्नो व्यावसायिक करियरमा ९०० भन्दा बढी गोल गरिसकेका छन् ।

तर एउटा उपलब्धि भने अझै बाँकी थियो, विश्वकपमा ह्याट्रिक । मंगलबारसम्म त्यो पूरा भएको थिएन । तर अल्जेरियाविरुद्धको खेलमा मेस्सीले तीन गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले अफ्रिकी टोलीमाथि प्रभावशाली जित निकाल्यो ।

खेल सकिएपछि मैदानमा उपस्थित समर्थकहरूले ३८ वर्षीय मेस्सीलाई उभिएर सम्मान प्रकट गरे। फुटबल इतिहासकै महान् खेलाडी मानिने मेस्सीका लागि यस्तो सम्मान स्वाभाविक नै थियो ।

तस्बिर : पीए

ह्याट्रिक पूरा गरेपछि मेस्सीले विशेष सम्मान पाए। तेस्रो गोल गरेलगत्तै प्रशिक्षकले उनलाई आराम दिन युवा खेलाडी निको पाजलाई मैदानमा उतारे ।

मेस्सी मैदानबाट बाहिरिने क्रममा स्टेडियममा उपस्थित हजारौँ समर्थकले ताली बजाउँदै उनको सम्मान गरे। समर्थकहरूले उनको नाममा गीत गाएर स्वागतसमेत गरे। यी गीतहरू उनको बाल्यकालको क्लब न्यूवेल्स ओल्ड ब्वाइजदेखि नै उनीसँग जोडिएका छन् ।

समर्थक मात्र होइन, खेलका रेफ्रीसमेत मेस्सीको प्रदर्शनबाट प्रभावित देखिए। खेल समाप्तिपछि रेफ्रीले मेस्सीसँग हात मिलाएर उनको उत्कृष्ट प्रदर्शनप्रति सम्मान व्यक्त गरे ।

३८ वर्षको उमेरमा पनि मेस्सीले विश्व फुटबलमा आफ्नो प्रभाव कायम राखिरहेका छन्। विश्वकपको सुरुआतमै ह्याट्रिक गर्दै उनले आफू अझै पनि खेलको सबैभन्दा ठूलो नाम भएको प्रमाण दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ३ : १३ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई