भारतमा फाइबर अर्थतन्त्र मजबुत बन्दै « Khabarhub

भारतमा फाइबर अर्थतन्त्र मजबुत बन्दै


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा प्राकृतिक फाइबर (रेसा) क्षेत्रमा ठूलो क्रान्ति सुरु भएको छ, जसले परम्परागत कृषि अवशेषलाई बहुमूल्य हरित सामग्रीमा रूपान्तरण गर्दै विश्वव्यापी बजारमा देशको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ । सिन्धुघाँटी सभ्यताको मलमलदेखि सुरु भएको भारतको फाइबरसँगको पाँच हजार वर्ष पुरानो ऐतिहासिक सम्बन्ध अब आधुनिक प्रविधि र दिगो विकासको नयाँ युगमा प्रवेश गरेको छ ।

विगतमा फोहोर वा अवशेषका रूपमा फालिने केराको थाम अहिले प्रिमियम फाइबरमा परिणत हुन थालेको छ, जसले ग्रामीण जीविकोपार्जन सुधार्नुका साथै निर्यात बजार र राष्ट्रिय आम्दानी बढाउन योगदान पुर्‍याइरहेको छ। केरा, बाँस, हेम्प, भुइँकटहरको पातको फाइबर, आलस, अल्लो र मदारजस्ता वनस्पतिजन्य सामग्रीहरूलाई न्यू एज फाइबरका रूपमा पुनर्जीवित गरिँदैछ। विश्वभर वातावरणमैत्री र दिगो कपडाको माग बढिरहेको परिप्रेक्ष्यमा भारतको फाइबर खपत सन् २०३० सम्ममा हालको १५ एमएमटीबाट बढेर २३ एमएमटी पुग्ने अनुमान गरिएको छ ।

यस दूरगामी सोचलाई साकार पार्न भारत सरकारले स्पष्ट नीतिगत ढाँचा तयार पारेको छ। सन् २०२६ देखि २०३१ सम्मका लागि ५ हजार ६ सय ६४ करोड भारुको बजेटसहितको ‘कपास उत्पादकत्व मिसन’ अन्तर्गत न्यू एज फाइबरका लागि मात्रै ३०० करोड भारु विनियोजन गरिएको छ । यस अभियानको सबैभन्दा ठूलो शक्ति दशकौंदेखि भइरहेको वैज्ञानिक अनुसन्धानको नतिजा हो ।

उत्तरी भारत कपडा अनुसन्धान संघको १८ वर्षको अनुसन्धानपछि परम्परागत रूपमा भगवान शिवलाई चढाइने मिल्कविडलाई सैन्य क्षेत्रमा प्रयोग गर्न सकिने गरी विकास गरिएको छ । यसबाट सैनिकहरूका लागि माइनस २० डिग्री सेल्सियस तापक्रममा पनि काम गर्ने स्लिपिङ ब्यागहरू बनाइएको छ, जुन पोलिएस्टर भन्दा १० प्रतिशत हल्का र ऊन भन्दा बढी न्यायो छ ।

रासायनिक मल विना नै ५.५ करोड हेक्टर बाँझो जमिनमा खेती गर्न सकिने मदारले किसानहरूलाई प्रति एकड वार्षिक डेढ देखि दुई लाख रुपैयाँसम्म आम्दानी दिन सक्छ। त्यस्तै, उत्तर-पूर्वी क्षेत्रका लागि बाँस र उत्तराखण्ड तथा उत्तर प्रदेशमा खेतीको अनुमति पाइसकेको गाँजा (हेम्प) ले पनि ठूलो आर्थिक सम्भावना बोकेका छन् ।

भर्खरै सम्पन्न न्यू एज फाइबर सम्बन्धी राष्ट्रिय कार्यक्रम मा वैज्ञानिक, उद्यमी र नीति निर्माताहरू एकजुट भई यस क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल गरेका छन् । आगामी पाँच वर्षमा उत्पादनलाई १० हजार मेट्रिक टनबाट बढाएर १० लाख मेट्रिक टन पुर्‍याउने, स्वदेशी मेसिनरीको प्रवर्द्धन गर्ने र आयातित प्रशोधन प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य राखिएको छ ।

यो क्रान्तिको सबैभन्दा नवीन पाटो विभिन्न फाइबरहरूको मिश्रण हो । थर्मल हल्कापनका लागि मदार, न्यायोपनका लागि ऊन, श्वासप्रश्वास सहजताका लागि बाँस र कोमलताका लागि कपास मिसाएर उत्कृष्ट गुणस्तरका कपडाहरू उत्पादन भइरहेका छन् । यस प्रविधिले उपभोक्तालाई आराम, उत्पादकलाई प्रिमियम ब्रान्ड र किसानलाई बहुआयामिक आम्दानी सुनिश्चित गर्दै भारतीय पहिचान सहितको कपडालाई विश्व बजारमा स्थापित गराउने ढोका खोलेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ३ : ३० बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक