इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो « Khabarhub

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरिरहेको छ। होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर दुवै देशबीच तनाव थप चर्किँदै गएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु हो। सेन्टकमले होर्मुज जलडमरूमध्यमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाज आफ्नो नियन्त्रणमा लिएको पनि जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी मिसाइलहरू होर्मुज जलडमरूमध्य नजिक रहेको केश्म द्वीप आसपास, बन्दर अब्बास र बुशेहर क्षेत्रमा खसेका छन्। यी दुवै स्थान रणनीतिक तथा आणविक पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्।

त्यसैगरी होर्मोजगान प्रान्तका दुई पुलमा पनि आक्रमण भएको इरानी सञ्चारमाध्यमले दाबी गरेका छन्। बीबीसीले बन्दर अब्बासको पश्चिमस्थित एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए देशका पुल, विद्युत् केन्द्र तथा अन्य रणनीतिक पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। पछिल्लो सैन्य कारबाहीलाई सोही चेतावनीको निरन्तरताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ७ : २५ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा