विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ? « Khabarhub

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

अर्जेन्टिनाको आक्रामक गोल वर्षा भर्सेज स्पेनको अनुशासन


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति फुटबलका दुई महाशक्ति स्पेन र साविक विजेता अर्जेन्टिना भिड्दै छन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा दुवै टोली अपराजित रहे पनि उनीहरूको रणनीति र खेल कौशल भने नितान्त फरक देखिएको छ । प्रतियोगिताभरि अर्जेन्टिनाले आक्रामक गोल वर्षाको रणनीति अपनाएको देखिन्छ भने स्पेनको रक्षापङ्क्ति नमुना छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनल पुग्ने क्रममा खेलेका ७ खेलमा विपक्षीको पोस्टमा १९ गोलको वर्षा गरेको छ । यद्यपि, आक्रामक रणनीति बुन्दा उसको रक्षापङ्क्तिमा केही कमजोरी देखिएका छन्, जसका कारण उसले ७ गोल नै ब्यहोर्नुपरेको छ । समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराएको अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे र इजिप्टमाथि समान ३–२ को रोमाञ्चक जित निकालेको छ । त्यस्तै, क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ र सेमिफाइनलमा इङ्गल्यान्डलाई २–१ ले पन्छाउँदै अर्जेन्टिनाले फाइनलको टिकट काटेको हो ।

अर्कोतर्फ, युवा स्टार लामिन यामल सम्मिलित स्पेनको प्रदर्शन भने अविश्वसनीय रूपमा अनुशासित र रक्षात्मक देखिएको छ । फाइनल पुग्दासम्म स्पेनले १३ गोल गरेको छ भने ७ खेल खेल्दा केवल १ गोल मात्र खाएको छ । समूह चरणको पहिलो खेलमा केप भर्डेसँग ०–० को बराबरी खेलेको स्पेनले साउदी अरबलाई ४–० र उरुग्वेलाई १–० ले हराएको थियो ।

नकआउट चरणमा प्रवेश गरेपछि स्पेनको रक्षापङ्क्ति झन् बलियो देखियो । उसले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० र अन्तिम १६ मा पोर्चुगललाई १–० ले क्लिनसिट राख्दै पराजित गर्‍यो । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध २–१ को जित निकाल्ने क्रममा मात्र स्पेनले प्रतियोगिताको एकमात्र गोल खाएको थियो । त्यसपछि सेमिफाइनलमा बलियो फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेनले उपाधि भिडन्त पक्का गरेको हो ।

१९ गोल गर्ने अर्जेन्टिनाको धारिलो आक्रमण र केवल १ गोल मात्र खाएको स्पेनको चट्टानी रक्षापङ्क्तिबीचको यो भिडन्त नै विश्वकप २०२६ को फाइनलको मुख्य आकर्षण बन्ने निश्चित छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ९ : ०६ बजे

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा